तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

राष्ट्रिय राजनीतिबारे पार्टीभित्र गम्भीर छलफल भएको समेत उनले जानकारी दिए । अध्यक्ष नेपालले मतगणना नै नसकिएकाले हालसम्म सरकार गठनबारे भने कुनै पनि छलफल नभएको उल्लेख गरे ।

आफ्नो पार्टीले निर्वाचनमा थ्रेस होल्ड कटाउनेसमेत अध्यक्ष नेपालले दाबी गरेका छन् ।

Leave a Reply