प्रधानमन्त्री बन्ने सम्भावन प्रबल रहेको माधव नेपालको दाबी (भिडियो अन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री बन्ने सम्भावन प्रबल रहेको माधव नेपालको दाबी (भिडियो अन्तर्वार्ता)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफू प्रधानमन्त्री बन्ने प्रबल सम्भावना रहेको बताएका छन् ।

माउन्टेन टेलिभिजनको कार्यक्रम आजको सन्र्दभमा नेता नेपालले गठबन्धनको डिजाइनर भएकाले आफू प्रधानमन्त्री बन्ने सम्भावना प्रबल रहेको जिकिर गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले आफुले प्रधानमन्त्रीको दाबी नगर्ने तर प्रस्ताव आए पछि नहट्ने उल्लेख गरे । आफू कुनैपनि जिम्मेवारी र चुनौतीबाट पछि नहटेको स्मरण गराउँदै प्रधानमन्त्रीमा पनि पछि नहट्ने उनको भनाई छ ।

नेपालले निर्वाचनको परिणामले आफू र आफ्नो पार्टीलाई खासै खुशी नबनाएको समेत बताए । अध्यक्ष नेपालले राष्ट्रिय पार्टी बन्नबाट पार्टी किन पछि पर्यो भन्ने सन्र्दभमा केही दिनमा समीक्षा हुने बताए ।

गठबन्धन नभई नहुने र जनताको म्यान्डेट पनि गठबन्धन नै रहेको उनको जिकिर थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);