इलाम-१ मा पुनः मतदान गराउन कानुनी उपचार खोज्ने : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इलाम-१ मा पुनः मतदान गराउन कानुनी उपचार खोज्ने : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर १ मा पुनः  मतदानको मागसहित कानुनी उपचार खोज्ने भएको छ। एमालेका उम्मेदवार महेश बस्नेतसँग एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल पराजित हुने गरी आएको नतिजालाई अस्वीकार गर्दै पुनः मतदानको मागसहित सो पार्टीले कानुनी उपचार खोज्ने भएको हो। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक अन्तिम चरणमा रहेका बेला मंगलबार पार्टी मुख्यालयमा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो ।  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले बैठकमा इलाममा पुनः मतदानको लागि कानुनी बाटोमा जानेबारेमा छलफल भएको जानकारी दिएका हुन् ।

नेता खनालले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका बेला पार्टीभित्र पनि पुनः निर्वाचनको माग गर्दै कानुनी उपचार खोज्ने विषयमा छलफल सुरु भएको हो।

साथै बैठकमा निर्वाचनको समीक्षासहित गठबन्धनको निरन्तरता, दलहरुबीच शक्ति बाँडफाँट गर्ने विषयमा आन्तरिक रुपमा छलफल भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);