आजदेखि काठमाण्डौमा मेलम्चीको पानी नआउने | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

आजदेखि काठमाण्डौमा मेलम्चीको पानी नआउने

melamchi surung

काठमाडौं, असार ७ ,२०८१ आजदेखि काठमाण्डौमा मेलम्चीको पानी आउन बन्द हुने भएको छ।

वर्षासँगै मेलम्ची नदीमा पानीको बहाव बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

अघिल्लो वर्ष पनि असार ७ गतेदेखि नै पानी रोकिएको थियो भने माघ १ गतेदेखि काठमाण्डौमा पानी ल्याइएको थियो ।

अहिले काठमाण्डौमा दैनिक झण्डै २० करोड लिटर मेलम्चीको पानी वितरण भइरहेकोमा अब रोकिने भएको छ।

मेलम्चीको पानी बन्द रहने अवधिसम्म बाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर वितरण गरिने समितिले जनाएको छ ।

Leave a Reply