काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ५ सय रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको मूल्य ९१ हजार ६ सय रुपैँया कायम भएको छ । सोमबार सुनको मूल्य ९१ हजार १ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । सोमबार १ हजार १ सय ९० मा कारोबार भएको चाँदी मंगलबार १ हजार २ सय रुपैँया कायम भएको छ ।