शिथिल अर्थतन्त्र थप तहसनहस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

शिथिल अर्थतन्त्र थप तहसनहस

minendra rijal

काठमाडौं, १८ जेठ । सांसद डा. मिनेन्द्र रिजालले कोरोना भाइरस (कोभिड १९) को कारणले मात्र नेपालको अर्थतन्त्र शिथिल नभएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै रिजालले भने, – शिथिल भएको अर्थतन्त्र थप तहसनहस भएको कुरा आएको बजेटले प्रमाणित गरेको बताउनु भएको छ । अर्थमन्त्रीले ८ महिना यता संयमता गुमाएको आरोप लगाउनु भयो । ७ प्रतिशतको मुद्रा स्फितीले गर्दा राजस्व २२ प्रतिशतले बढ्न नसक्ने बताउनु भएको छ । ८३ पेजको दस्तावेज काम नलागेको भन्दै यो दस्तावेज लजास्पद भएको बताउनु भएको हो ।

उहाँले कोभिड १९ को महामारीले त्रास फैलाएको बेला परिक्षण गर्ने दायरा बढाई ६ लाख बढिको परीक्षण गर्ने भन्ने कुरा सम्भव नभएको बताउनु भयो । परीक्षण गरिएका व्यक्तिहरुको लागि सुरक्षित राख्ने कुरा कसैले पनि वास्ता नगरेको बताउनु भएको छ ।