सुनको मूल्य ९ सय रुपैयाँले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

gold and silver

काठमाडौं, १० भदौ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । पछिल्लो डेढ महिनामा निकै उतार चढाव आएको सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँले गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलवार छापावाला सुनको मूल्यमा ९ सय रुपैयाले गिरावट आई प्रतितोला ७२ हजार ६ सयमा कारोवार भएको छ ।सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । उक्त मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९सयका दरले नै घटेको छ । तेजाबी सुन मंगलवार प्रतितोला ७२ हजार ३ सयमा कारोवार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय पुगेको थियो । सुनको मूल्य केही घटे पनि चाँदीको मूल्य भने यथावत छ ।

नेपाली बजारमा चाँदी प्रतितोला ८सय ६० रुपैयामा मा कारोवार भएको महासंघले जनाएको छ । अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि प्रभावित भएको हो ।

चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइएको छ । सुनको मूल्यमा उतारचढाव देखिएपछि सुनको खपत भने ह्वात्तै घटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);