सूनको मूल्यमा गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सूनको मूल्यमा गिरावट

gold and silver

काठमाडौं, २९ भदौ । आकाशिन थालेको छापावाल सुनको भाउ १० दिनदेखि भने ओरालो झर्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० दिनभित्र छापावाल सूनको मूल्यमा प्रतितोला तीन हजार रुपैयाँ भन्दा बढिले गिरावट आएको छ ।

पछिल्लो पटक भदौ १९ गते कायम सुनको उच्चतम मूल्य प्रतितोला ७३ हजार ४ सय रुपैयाँ रहेको थियो । आइतबार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमाकारोवार भएको छ । यस्तै तेजावी सुन प्रतितोला ६९ हजार ९ सयमा कारोवार भएको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोवार भएको छ । तेजावी सुनको मूल्यमा उतारचढाब भए पनि छापावाल सुनको मूल्य निरन्तर ओरोलो लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);