कालीकोटमा आगलागी, ३० घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८३, शुक्रबार

कालीकोटमा आगलागी, ३० घर जलेर नष्ट

aagolagi

काठमाडौं, ९ पुस । कालीकोटको पलाता गाउँपालिका १ खाडा गाउँस्थित न्यौपानेबस्तीमा आईतबार राती लागेको आगोले ठूलो क्षती पुर्याएको छ ।

आईतबार राती २ बजेतिरबाट सुरु भएको आगलागीे सोमबार विहान सम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेपछि क्षती बढेको हो । ३२ भन्दा बढी घर रहेको न्यौपाने बस्तीमा ३० घर जलीसकेको स्थानीयहरुले बताएका छन् ।

खरले छाएका घरहरु भएकोले आगोले बढी क्षति पुर्याएको बताइएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।