अपरिचित व्यक्ति घरमा प्रवेश गरी कुटपिट गर्दा वृद्धको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

अपरिचित व्यक्ति घरमा प्रवेश गरी कुटपिट गर्दा वृद्धको मृत्यु

Death body

काठमाडौं, ९ पुस । अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

गए राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए ।

कुटपिटबाट लक्ष्मी घाइते भएकी छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);