सम्बन्ध विच्छेदका घटना बढ्दै, मुद्दा हाल्नेमा पुरुष बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सम्बन्ध विच्छेदका घटना बढ्दै, मुद्दा हाल्नेमा पुरुष बढी

divorce

काठमाडौं, ९ पुस । गुल्मीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १२ महिलाले अदातलमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका थिए ।

गत १ भदौबाट पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएपछि अदालतमा सम्बन्ध विच्छेदका लागि आउने पुरुषहरूको संख्या ह्वात्तै बढेको छ ।

नयाँ मुलुकी ऐन लागू भएपछि भदौमा मात्रै २१ पुरुष र १३ महिलाले सम्बन्ध विच्छेदको माग गर्दै मुद्धा दर्ता गरेको जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले जानकारी दिए ।

यसैगरी असोजमा नौ महिला र छ पुरुष, कार्तिकमा १६ पुरुष १२ महिला र मंसिरमा चार पुरुष र आठ महिलाले अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराएको श्रेस्तेदार बस्यालले बताए । यो खबर आजको राजधानी दैनिकले छापको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);