दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियासँग वार्ता प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

सोल, १ भदौ । अमेरिकासँग युद्धको तयारीमा रहेको भनिएको उत्तर कोरीयासँग दक्षिण कोरियाले वार्ता प्रस्ताव गरेको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ।

 

कोरियाली प्रायद्वीपमा बढ्दो तनाव कम गर्नका लागि पनि अब वार्ता नै एक विकल्प रहेकाले आफुँले उत्तरसँग वाताको प्रस्ताव गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जायले बताएका हुन्। बिहीबार राजधानी सोलमा राष्ट्रिय टेलिभिजनलाई सम्बोधन उनले उत्तरसँग वार्ता गरेर कोरियाली प्रायद्वीपमा देखिएको समस्या हलगर्न सकिने प्रस्ताव गरेका हुन्।

 

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाउँमा वार्तागर्न प्रस्ताव राखेको थियो । त्यस स्थानमा यसअघि पनि यी दुई देशबीच वार्ता हुँदै आएको छ। त्यस विषयमा उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन। यस अगाडि सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेड क्रसले वार्ता गर्ने प्रस्ताव गरेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);