नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्दै काँग्रेस | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्दै काँग्रेस

२०८१,१०,१२
नेपाली काँग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ।माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो। शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताइन्। उनले युवाहरूलाई उमशीलतामा प्रोत्साहन गर्न सम्मेलन महत्त्वपूर्ण हुने बताइन्।

सम्मेलनमा सबैभन्दा युवाहरूलाई बढी जोडिने जानकारी दिइन्। उनले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन्।

Leave a Reply