सियरा लियोनमा महामारी फैलने डर, सरकारले दिएन शव गाड्ने अनुमति | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

एजेन्सी , १ भदौ । बाढी पहिरोबाट प्रभावित सियरा लियोनको क्यापिटल फ्रि टाउनमा महामारीको प्रकोप फैलने सकेंत देखिएको स्वास्थ्य कर्मीहरुलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

फ्रिटाउन शहरका अधिकाशं बाहिरी भाग बाढी तथा पहिरोले बगाउदा कम्तिमा ४०० भन्दा बढिको मृत्यु भएको कारण पुरै शहर हैजाबाट प्रभावित हुन सक्ने भएकाले जति सक्दो चाँडो शवलाई उचित ठाउँमा गाड्नु पर्ने उनीहरुको भनाई छ । सियराका सरकारले भने मृतकका आफन्तले पहिचान गर्न पाउनुपर्छ भन्दै आज सम्म शव नगाड्न निर्देशन दिएको छ ।

घटनाका कारण ६०० जना अझै बेपत्ता छन् ।

सियराका राष्ट्रपतिले यस आपतकालीन समयमा अन्तराष्ट्रिय सहयोगका लागि अपिल गरेका छन् ।

ताजा समाचार