बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

३० साउन, काठमाण्डौँ । केही दिनदेखिको अविरल बर्षाका कारण पूर्वी तराईका अधिकांश भाग डुवानमा परेका छन् । बाढीपहिरोबाट अहिलेसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ भने ५० भन्दा बढी बेपत्ता छन् । पूर्वीतराईका ३५ हजारभन्दा बढी घर डुबानमा परेका कारण क्षति अझै बढ्ने अनुमान गरिएको छ । चिकित्सकहरुले यो अवस्थामा बाढी प्रभावित क्षेत्रमा पानी र कीटजन्य महामारी फैलिन सक्ने बताएका छन् । उनीहरुले महामारी फैलिन नदिनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारलाई सुझाएका छन् ।

 

प्रकोप फैलन नदिन प्रभावित क्षेत्रमा स्वच्छ पानी तथा पौष्टिक खानाको आपूर्ति गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ । बाढी प्रभावितलाई महामारीको जोखिमबाट बचाउन शिविरमा दिसापिसाब गर्ने प्रबन्धसमेत मिलाउन आवश्यक छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक औषधि तत्काल पठाइनुपर्ने चिकित्सकहरुको भनाइ छ ।

 

विगतमा बाढी प्रभावित क्षेत्रमा झाडापखाला र औलोको प्रकोप देखिएको घटनाबाट पाठ सिकेर सतर्कता अपनाउन सरकारले कत्ति पनि ढिलाइ गर्न नहुनेमा चिकित्सकहरुले जोड दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);