बाढी प्रभावित तराईका जिल्लामा औषधिको चरम संकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

फुलमाया आले, काठमाडौँ, २ भदौ । बाढी प्रभावित तराईका जिल्लामा औषधिको चरम संकट देखिएको छ । वर्षासँगै आएको बाढी र पहिरोले यातायात अवरुद्ध भएका ठाउँहरु बाहेकका स्वास्थ्य संस्थामा आवश्यक औषधी पु¥याइएपनि केही विकट ठाउँमा भने औषधीको चरम संकट देखिएको हो । अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित जिल्लामा स्वास्थ्य उपचार लगायतको व्यवस्था मिलाउन केन्द्रबाट टोली पठाएको दाबी गरेको छ तर तर बाढी पीडितले भने अहिलेसम्म उपचार नपाएको गुनासो गरेका छन् ।

 

केन्द्रबाट परिचालन भएका टोलीले प्रभावित जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्य चौकी, स्थानीयसँग सहकार्य गरेर आवश्यक व्यवस्था मिलाउने स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले पानी शुद्ध गर्ने औषधि, जीवनजल, एन्टिबायोटिक्स, प्राथमिक उपचारका सामाग्री तथा अन्य आवश्यक औषधि समेत पठाएको जनाएको छ ।

 

तराईका विभिन्न स्वास्थ्य संस्थाहरू अहिले सम्म बन्द छन् । मन्त्रालयले क्षेत्रीय निर्देशनालय र अन्य शाखासँग सहकार्य गरेर औषधी पठाएको बताउँदै आएको छ । तर तराईका जनताले भने बालबालिका लगायत आफू पनि बिरामी परेको र कुनै सरकारी टोली र चिकित्सक नदेखेको बताएका छन् ।

 

स्वास्थ्य मन्त्रालयले महामारी फैलिनसकेको भन्दै फैलन सक्ने सम्भावना लाई रोकथाम गर्ने समयमा शुद्धपानी र स्वस्थ खाना वितरण गर्ने बताएको छ । तर बाढी पीडितले भने अझै दुषित पानी खान बाध्य छन् । जसका कारण उनीहरु ज्वरो, झाडापखालाको शिकार बन्नुपरेको छ । अझ औषधी र उपचार पनि नपाउँदा पीडितहरु मर्माहत बनेका छन् ।

 

बाढी पिडितका नाममा स्वास्थ्य सरकारले विभिन्न योजनाहरु ल्याएको जनाउको छ, तर त्यो मात्र प्रचारमा सीमित देखिएको छ । भारतीय बाँधका विषयमा कुरा नउठाएकाले सरकारकै लाचारीपनले हजारौँ नागरिक यतिबेला समस्यामा परेका छन् ।

 

 

तर जनताको यो समस्यामा पनि राजनीति गरेर प्रचारबाजीमै केन्द्रित हुने प्रवित्तिको अन्त्य हुनुपर्छ । औषधी र उपचारकै अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);