उत्तर कोरियाली शासक किमद्वारा दक्षिण कोरियाली उच्चस्तरीय टोलीसँग डिनर बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उत्तर कोरियाली शासक किमद्वारा दक्षिण कोरियाली उच्चस्तरीय टोलीसँग डिनर बैठक

kim jong

एजेन्सी, २२ फागुन । उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियासँग राष्ट्रिय पुनःएकीकरणको नयाँ इतिहास लेख्ने चाहना व्यक्त गरेका छन ।

उत्तर कोरियाली शासक किमले दक्षिण कोरियाका प्रतिनिधिसँग प्योङयाङमा कुरा गर्दै दक्षिण कोरियासँग नजिकको सम्बन्ध स्थापना गर्ने सन्दर्भमा यस्तो चाहना व्यक्त गरेको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ । किमले दक्षिण कोरियाली प्रतिनिधि मण्डलसँग डिनर मिटिङ गर्दै दुई मुलुकका नेताबीचको सम्बन्ध सुधारका लागि तीब्र गतिमा व्यवहारिक कदम चाल्न आवश्यक रहेको बताए ।

किमसँगको डिनर बैठकमा दुई जना मन्त्री, गुप्तचर प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत दक्षिण कोरियाका १० सदस्य सहभागी थिए । किमले दक्षिण कोरियाली टोलीलाई हार्दिकतापूर्वक स्वागत गर्दै खुला हृदयले कुराकानी गरेको केसीएनएले जनाएको छ । दक्षिण कोरियाली प्रतिनिधिले राष्ट्रपति मुन जे इनको वार्ता, सम्बन्ध सुधार र कोरियाली प्रायःद्वीपमा निशस्त्रीकरणको सन्देश किमसमक्ष सुनाएको बताइएको छ ।

किमले सन् २०११ मा शासन सम्हालेपछि दक्षिण कोरियाले पहिलोपटक आफ्नो उच्चस्तरीय टोली पठाएर किमसँग भेट गरेको हो । गत महिना दक्षिण कोरियामा आयोजित विन्टर ओलम्पिक्सपछि दुई कोरियाको सम्बन्ध सुमधुर बन्दै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);