तीन करोड फिरौती असुल्न भारतीय ब्यापारीको अपहरण, हतियार सहित तीनजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, ५ कार्तिक । भारतीय व्यवसायीको अपहरणमा संलग्न भएको आरोप ३ जना पक्राउ परेका छन्। अपहरणमा संलग्न भएको आरोपमा सप्तरी प्रहरीले कंचनरुप ४ का अमरनाथ विश्वास, वडा नम्बर ७ का पशुपति भनिने पुस्कर महतो तथा वडा नम्बर ६ का शैलेन्द्रकुमार गुप्तालाई २ थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको हो।

प्रहरीले अपहरणमा प्रयोग भएको भारतीय नम्बर प्लेटको कार समेत नियन्त्रणमा लिएको छ। सप्तरीको कन्चनरुप नगरपालिकाबाट एक साताअघि अपहरणमा परेका भारतीय कपडा ब्यापारी अमित शारदालाई प्रहरीले गएराती सकुशल मुक्त गराएको थियो।

तीन करोड फिरौती माग गर्ने र आएको रकम बाँड्ने गरी अपहरणकारीले शारदालाई कंचनरुप-१२ स्थित अम्बरबहादुर मगरको घरमा बन्धक बनाएर राखेको सूचनाका आधारमा उनलाई मुक्त गराइएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);