आज तिहारको पाँचौ दिन, भाइटीकाको उत्तम साईत ११ः५१ बजे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ४ कार्तिक । आज यमपञ्चकको पाँचौ दिन अथात भाईटिकाको दिन । आज भाईटिकाको साईत मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिएका छन्।

उनका अनुसार भाइटीकाको समयमा दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुने बताएका हुन्। यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु भएको हो।

३१ गते कृष्ण त्रयोदशीका दिन काग तिहार र धनवन्तरी जयन्ती, कार्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कार्तिक ३ गते शुक्रबार गाई-गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कार्तिक ४ गते आज शनिबार भाइटीका परेको छ।

भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाईदै छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);