यस वर्षको तिहार : भाइटीकाको साइत ११ः५१ बजे उत्तम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २९ असोज । आगामी कात्तिक ४ गते परेको भाईटिकाको साईत मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित्  (विजय)  मुहूर्तको साइत दिएको जानकारी दिएका छन्।

उनका अनुसार भाइटीकाको समयमा दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुने बताएका हुन्।यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुंदैछ।

३१ गते कृष्ण त्रयोदशीका दिन काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);