सप्तरीमा अपहरणकारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सप्तरी, ५ कात्तिक । सप्तरीमा तीन करोड फिरौती रकम माग गर्ने अपहरणकारीको योजना प्रहरीले विफल पारेको छ । एक साताअघि अपहरणमा परेका एक जना भारतीय व्यापारीलाई सप्तरी प्रहरीले जिल्लाको कञ्चनरुप नगरपालिकाबाट सकुशल मुक्त गराएपछि उनीहरुको योजना विफल भएको हो ।

जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ बाट भारतको बिहार राज्यको भीमनगर ग्राम पञ्चायत वडा नम्बर १० घर भएका कपडा व्यापारी अमितकुमार शारदालाई प्रहरीले सकुशल मुक्त गराएको छ ।

शारदाको अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कञ्चनरुप वडा नम्बर ४ का अम्बरनाथ विश्वास, शैलेन्द्र कुमार गुप्ता र पशुपति भनिने पुष्कर महतोलाई पक्राउ परेका छन ।

उनीहरुको साथबाट २ थान नलकटुवा पेस्तोल र कार समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

अपहरणकारीहरुले व्यापारी शारदासँग ३ करोड फिरौती माग गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।३३ बर्षीय व्यापारी शारदा गत असोज २९ गते कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित व्यस्त सडकबाटै अपहरणमा परेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);