प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनलमा विभागीय क्लब भिड्दै छन् ।

एपीएफ र त्रिभुवन आर्मीबीचको उपाधि भिडन्त विहान ९ बजेदेखि शुरु हुनेछ । एपीएफले पीएम कपको दोस्रो संस्करणमा उपाधि जितेको थियो भने गत संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । आर्मी भने पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग संयुक्त विजेता बने पनि सिंगल उपाधि भने जित्न सकेको छैन । तर आर्मी लगातार चौथो संस्करणसम्म आईपुग्दा फाइनलमा भने स्थान बनाउँदै आएको छ ।

प्रतियोगिताको अखिल्लो दिन शुक्रबार कीर्तिपुर मैदानमा ट्रफी सार्वजनिक गर्दै दुवै टिमका कप्तानले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने प्रतिक्रिया दिएका छन् । एपीएफ शरद भेषावकर र आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्ने छ । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउँदा उप विजेता हुने टिमले ५ लाख पाउने छ ।

Leave a Reply