एनसेलको पूँजीगत लाभकर असुलीमा कुनै समस्या आउँदैन : अर्थमन्त्री

काठमाडौं, २७ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर असुलीमा कुनै समस्या नरहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले एनसेलसँग अझै पनि ६३ अरव संचित पूँजी रहेको भन्दै त्यसबाट बक्यौता पूँजीगत लाभकर असुली गर्न कुनै समस्या नरहेको बताए ।

आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले सर्वोच्च अदालतको आदेश अनुसार एनसेलको पूँजीगत लाभकर उठाउने प्रतिवद्धता जनाए ।

अर्थमन्त्री खतिवडाले ऐनसेलको पूँजीगत लाभकर असुली गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको पनि बताए । बैठकमा समितिका सदस्यहरुले एनसेलसँग पूँजीगत लाभकर वापतको १२ अरव ७३ करोड असुली गर्न ढिलाई गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

By:

आइतबार, २७ माघ २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!