६ दिनदेखि लागेको डडेलो अझै नियन्त्रणमा आएन, ७० हजार जोखिममा

एजेन्सी २७ माघ । न्युजिल्याण्डको दक्षिणी टापुमा ६ दिनअघि शुरु भएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट प्रभावित ३ हजारभन्दा धेरै भागेर सुरक्षित स्थानमा पुगेका छन् भने अरु ७० हजारभन्दा धेरै मानिस डढेलोको जोखिममा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

नेल्सन शहरनजिक ६ दिनअघि सुरु भएको डढेलो अहिले वेकफिल्ड शहरतर्फ बढिरहेको जनाइएको छ । डढेलोबाट कुनै मानवीय क्षति नभएको र एउटा मात्र घरमा क्षति पुगेको बताइएको छ ।

अग्नी नियन्त्रणको प्रयासका लागि २३ वटा हेलिकोप्टर र २ वटाविमान तैनाथ गरिएपनि हावाहुरीले समस्या पारिरहेको जनाइएको छ । यो डढेलोलाई न्युजिल्याण्डमा सन् १९५५ यताकै सबैभन्दा खतरनाक डढेलोको संज्ञा दिइएको छ ।

By:

आइतबार, २७ माघ २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!