Mountain Television
Thu, 15 Nov 2018

जिल्ला अस्पताल बाजुरामा विरामीको चाप बढ्यो

मदन वि.क.

बाजुरा,  २८ भदौ । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामै अपरेशन हुनथालेपछि विरामीहरुको चाप वढ्न थालेको छ । स्वास्थ्य कार्यालय बाजुराले प्रसूती सेवा लगायत शल्यक्रियाहरु न्यून शुल्कमा दिनथालेपछि विरामीको चाप ह्वात्तै वढेको हो ।

अस्पतालमा दैनिक जसो सयाँैको संख्यामा विभिन्न खालका विरामीहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालमा सामान्य रुघाखोकी, वान्ता हुने, सामान्य ज्वरो आउने, टाइट–फाइट तथा पेट दुख्ने विरामीहरु विगतदेखि आउने गरेका थिए । तर, अहिले अपरेशन पनि हुने भएपछि विभिन्न प्रकारका विरामीको संख्या वढेको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराले अवस्था हेरेर अप्रेशन सम्वन्धि सेवा दिँदै आएको छ । अस्पतालले गाउँ–गाउँका मानिसहरुलाई समेत न्यून शुल्कमा अपरेशन गरीरहेको छ । अस्पातालले न्यून शुल्कमा अप्रेशसन सेवा दिएपछि अन्य ठाउँमा जाने खर्च वचत भएको स्थानियहरुको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा एमडिजीपी डाक्टर दुर्गा महर्जन र डाक्टर टिका राईको टोलीले विगत एक वर्षदेखि अप्रेशन सेवा दिदै आउनुभएको छ । आकस्मिक प्रसूती सेवा, हाइड्रोसिल सेवा, एपेन्डिसाइटी, हरनिया, हड्डि भाँच्चिएको लगायतको शल्यक्रिया सेवा अहिले जिल्ला अस्पताल बाजुरामा हुने गरेको छ ।

यस अघि सामान्य शल्यक्रियादेखी लिएर एपेन्डिसाइट, हर्निया, हड्डि भाँच्चिएको शल्यक्रिया गराउन स्थानियहरु नेपालगंज, धनगढी, काठमाण्डौका विभिन्न अस्पताल धाउनु पर्ने वाध्यता थियो ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...