Mountain Television
Tue, 18 Dec 2018

सुनसरीको देवानगन्जबाट पेट्रोल र डिजल भारत तस्करी

केदार कोइराला
सुनसरी, २५ साउन । सुनसरीको देवानगन्ज पेट्रोल र डिजल तस्करीको अखडा बन्दै गएको छ । नेपालमा भन्दा भारतमा पेट्रोल २२ रुपैयाँ र डिजेल १७ रुपैयाँ महङ्गो छ । जसका कारण सुनसरीको देवानगन्ज पेट्रोल र डिजल तस्करीको अखडा बनिरहेको छ ।

सुनसरीको देवानगन्जमा पेट्रोलियम पदार्थको तस्करी भइरहँदा प्रशासनको भने नजर परेको छैन । खुल्ला वोर्डरका कारण पेट्रोल–डिजल भारततर्फ तस्करी भइरहेको छ । देवानगन्जमा दुईवटा पेट्रोलपम्प छन् । ती दुवै पम्पको काम दैनिक भारततर्फ तेल तस्कर गर्नेहरुलाई उपलव्ध गराउनु हो ।

पम्पबाट मोटरसाइकलमा ग्यालिन झुण्ड्याएर प्रशासनकै अगाडी पेट्रोलियम पदार्थको तस्करी भइरहेको छ । तर प्रशासन मुकदर्शक बनिरहेको छ । नेपाल तर्फका सुरक्षानिकाय यसरी तेल तस्करी हुँदा पनि मौनता साँधेर बसेका छन् ।

पेट्रोलियम तस्करी रोक्न नेपाल आयल निगमको सुनसरी कार्यालयले सिमापारी जाने नेपाली गाडीलाई समेत १५ लिटर मात्र दिने नियम बनाएको छ । तर नियम कार्यान्वयन भएको देखिदैन ।

व्यापारीहरु भने आफुहरुले तेल ग्राहकलाई बेचेको भन्दै बिक्री भइसकेको तेल कहाँ जान्छ सो विषयमा आफूहरुलाई चाँसो र जानकारी नहुने बताउँछन् ।

By:

4 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!