Mountain Television
Thu, 19 Jul 2018

लेखापरीक्षण नगर्नेको नाम तोकेरै कारबाही

काठमाडौं, २९ असार । महालेखा परीक्षकको कार्यालयले अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै काबराहीको सिफारिस गर्ने भएको छ । प्रतिनिधिसभामा पेश गरिएको महालेखा परीक्षण विधेयकमा लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै कारबाहीको सिफारिस गर्न प्रस्ताव गरेको हो ।

जसअनुसार अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि व्यक्ति नै किटेर कारबाहीको लागि सिफारिस हुनेछ । सम्बन्धित कामको जिम्मेवारी तोकिएका पदाधिकारी वा व्यक्तिलाई महालेखापरीक्षकले विभागीयलगायत प्रचलित कानून बमोजिमको कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने बुँदा प्रस्ताव गरिएको छ । आजको कारोबारमा खबर छ ।

By:

6 days ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!