Mountain Television
Thu, 21 Jun 2018

शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति : प्रधानमन्त्री

कञ्चनपुर, २९ पुस ।  प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय, नैतिकवान र योग्य जनशक्ति उत्पादन गर्न विश्वविद्यालय केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार कञ्चनपुरमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षन्त समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । सुदुपरिश्चमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा कार्यरत रहेको स्मरण गरे ।

उनले प्रजातन्त्रको पुनः स्थापना पछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा सरकारले लिएको नीतिका कारण शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे । दीक्षान्त समारोहमा २ सय ८२ विद्यार्थी दीक्षित भएका थिए ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!