खेलकुद
रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पुरा
श्याम गुप्ता
१७ माघ, बारा
राजधानी बाहिर कै प्रतिष्ठत फुटवल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौं संस्करणको तयारी पुरा भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमवार जिल्लाको गढीमाई नगरपालिका वडा नं.२ स्थित सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
हिमालयन शेर्पा क्लब दोस्रो रमपम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश
झापा, माघ १७ । विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइबे्रकरमा हराउँदै हिमालयन शेर्पा क्लब झापामा जारी दोस्रो रमपम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला सोमबार भएको खेलमा एपीएफले हिमालयन शेर्पालाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि २० मिनेट समय थपिएको थियो । थप समयमा दुबै तर्फबाट गोल हुन
क्यामरुन र बुरकिना फासो अफ्रिका कप अफ नेशनसको सेमिफाइनलमा, सेनेगललाई फेरि झड्का
क्यामरुन र बुरकिना फासो अफ्रिका कप अफ नेशनसको सेमिफाइनलमा, क्यामरुनले टाइब्रेकरमा सेनेगललाई ५–४ ले हरायो
झापामा जारी रमपम गोल्डकप फुटबल प्रतियोगितामा एनआरटी विजयी
झापा, माघ १६ । झापामा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ । आइतबार सम्पन्न खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित ग¥यो । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशाला भएको प्रतिस्पर्धामा अग्रता भने नेपाल पुलिसले लिएको
इजिप्ट क्वाटरफाइनलमा, घाना हारेर पनि अघि बढ्यो
इजिप्ट समूह डी को विजेता बन्दै अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा, इजिप्टसँग १–० ले पराजित घाना समुह उप विजेता
एथ्लेटिको म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा, रियल म्याड्रिड बाहिरियो
दोस्रो लेगमा एइबरलाई २–२ को बराबरीमा रोक्दै एथ्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा, रियल म्याड्रिड भने प्रतियोगिताबाटै बाहिरियो
आइभरी कोस्ट अफ्रिकन नेशन कपबाट बाहिरिया, मोरक्को क्वाटरफाइनलमा
१२ माघ ,काठमाडौं । मोरक्को अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा आइभरीकोस्टलाई १–० ले हराउँदै मोरक्कोले समूह ‘सी’ को उपविजेताको रुपमा अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
नेपाल कठिन समुहमा, तर, विजेता बन्ने लक्ष्य
काठमाडौं, ११ माघ । एसिया कप फुटबलको छनौट चरणमा नेपाल कठिन समूहमा परेको छ ।
नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा
११ माघ, काठमाडौं । स्पेनी राफाल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
फागुन दोस्रो साता पिंकाथन काठमाडौं
११ माघ, काठमाडौं । फागुनको दोस्रो साता पिंकाथन काठमाडौं नामक दौड प्रतियोगिता हुने भएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)को विवाद चुलिंदो
११ माघ, काठमाण्डौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद अझै चुलिएको छ । मंगलबार दुबै पक्षले छुट्टा–छुट्टै पत्रकार सम्मेलन गरेपछि विवाद थप चुलिएको हो । सोमबार रुक्म शमशेरको नेपाल ओलम्पिक कमिटीका वरिष्ठ उपाध्यक्ष किशोरबहादुर सिंहको टोलीले ललितपुरस्थित एनओसीको भवनमा ताला लगाएकोे थियो । त्यतिबेला त्यहाँ एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ थिएनन् । एनओसीको मुख्यालयमा ताला ल
आयोजक गाबोन अफ्रिका कप अफ नेशनसको समूह चरणबाट बाहिरियो
आयोजक गाबोन अफ्रिका कप अफ नेशनसको समूह चरणबाट बाहिरिएको छ ।
ला लिगामा बार्सा विजयी, रियलसँग अंक दुरी दुईमा झर्यो
स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा एइबर ४–० ले पराजित, एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडभन्दा दुईं अंकले पछि
रुक्म शमशेरलाई हाइसञ्चो
१० माघ, काठमाडौं । रुक्म शमशेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटिले सोमबारबाट विधिवत रुपमा सातदोवाटो स्थित ओलम्पिक भवन पुगेर कार्यभार सम्हालेको छ । सर्वोच्च अदालतले २०६७ असाोज १८ गते गरेको फैसला कार्यान्वयन गराउनका लागी जिल्ला प्रशासन कार्यालय ललितपुरले पहल गरेपछि त्यो संभव भएको हो ।
यस अघि यो कार्यालयमा अन्तराष्ट्रिय रुपमा मान्यता पाएको भनिएको जीवनराम श्रेष्ठ समुहले कार्यालय संचालन गर्दै आएको थियो । ललितपुर प्रहरीको टोली सहित राणा समुह सातदोवाटो स्थित कार्यालय पुगेको थियो । यो टोलीले ओलम्पिक भवनमा राखिएको जीवनराम श्रेष्ठ, लामा टेण्डी शेर्पा लगातको नाम लेखिएको प्लेट पनि झिकेर फ्याकिदिएका थिए ।
सर्वोच्च अदालतले वर्तमानमा जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटिलाई नेपाल भित्र कुनै पनि काम कारवाही नगर्नु नगराउनु भनेर २०६७ सालमा नै आदेश दिएको थियो । तर त्यो समुहले आदेशलाई अटेर गर्दै गतिविधि गर्दै आएको थियो ।
२०६७ साल पछि बनेका सरकारहरुले श्रेष्ठको कमिटिलाई नै मान्यता दिन प्रयास गरेपनि वर्तमान सरकारले सर्वोच्चको फैसला कार्यान्वयनका लागी आवश्यक पहले गरेको छ । यसै विच नेपाल ओलम्पिक कमिटिले मंगलवार सातदोवाटो स्थित कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेको छ ।
रियल मड्रिडको जितमा रामोस नायक
सर्जियो रामोस चम्केपछि स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडद्वारा मालागा २–१ ले पराजित, जितपछि रियलको चार अंकको अग्रता
म्यानचेस्टर सिटी बराबरीमा रोकियो, टोटनह्याम दोस्रोमा
म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्दै टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लीयो, पहिलो स्थानमा चेल्सीको अग्रता कायमै