शेयरबजार परिसूचक नेप्से १२.०९ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

शेयरबजार परिसूचक नेप्से १२.०९ अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, २१ माघ । मंगलबार शेयरबजार नेप्से १२ दशमलव ०९ अंकले घटेर परिसूचक १हजार ३सय ३७ दशमलव ०४ अंकमा पुगेको छ । १ सय ७६ कम्पनीका ४९ लाख ४९ हजार १५ कित्ताशेयर १७ हजार ५ सय ६० पटकको कारोबारबाट १ अर्व ५७ करोड १ लाख ६६ हजार १ सय ६३ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ९२ अंकले घटेर २ सय ८४ दशमलव ९९ अंकमा पुगेर बन्द भएको छ । मंगलबार कारोबार भएका १२ समूहमध्ये ८ वटाको सूचक ओरालो लागेको छ । विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य समूहको परिसूचक बाहेक सबै सूचक ओरालो लागेको हो ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड ७० लाख बढीको शेयर कारोबार भएको छ । शेयर कारोबारका आधारमा भने नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

मंगलबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ९९ प्रतिशतले कमाएका छन भने मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलव २३ प्रतिशतले गुमाएका छन् ।