बजारमा लसुनको भाउ आकासियो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

बजारमा लसुनको भाउ आकासियो

लसुनको औसत मूल्य ५ सय देखि ५ सय ५० सम्म –

काठमाडौं, २१ माघ । नेपाली भान्सामा प्रयोग हुने लसुनको बजार भाउ अकाशिएको छ । स्थानीय उत्पादन कमि हुने भएपछि विशेषगरी चीनबाट लसुन आयात हुने गर्दछ ।

लसुन निर्यात गर्ने मुलुक चीन कोरोनाको महामारीमा फसेको छ । कोरोना भाइरसको कारण चीनबाट लसुन आयात कमि भएपछि बजारमा लसुनको बजार मूल्य आकासिएको हो ।

अहिले बजारमा लसुन ठप्प जस्तै छ । सरकारले नेपाल चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमि भएको हो । स्थानीय उत्पादन कमि हुनु र चीनबाट आयात रोकिनु लसुनको बजार मूल्य आकाशिनुको मुख्य कारण हो ।

काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो ५ सय रुपैयाँ मािथ पुगेको छ । काठमाडौंको बजारमा पुससम्म प्रतिकिलो २ सय देखि ३ सय सम्म रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर ५ सय देखि ५ सय ५० सम्म पुगेकोछ ।

लसुनको आयातमा कमि भएपछि मूल्य बढेको कालीमाटी फलफूल तथा विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले माउन्टेनलाई बताउनुभयो ।

केहि समयदेखि चीनबाट आउने लसुनको आयातमा कमि भएका कारण नेपाली बजारमा मूल्य बृद्धि भएको श्रेष्ठले जानकारी दिनुभयो । भारी हिमपातका कारण रसुवागढिमा भएको अवरोधका कारण चीनसँगको व्यापारिक रसुवागढि नाका बन्द भएको छ । भने कारोना भाइरसका कारण पनि आयातित लसुनमा प्रतिबन्ध भएपछि बजारमा लसुन नै आउन छोडेको व्यापारी बताउँछन् ।

पुस महीनामा चीनबाट २५० टन चिनियाँ लसुन आयात भएकोमा माघ महीनामा हालसम्म मात्र ९८ टन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस आवको पहिलो ६ महीनामा चीनबाट ५४ करोड ५२ लाख बराबरको लसुन आयात भएको छ । समग्रमा लसुनको मूल्य १६ प्रतिशतले बृद्धि भएर हालसम्मकै उच्च रेकर्ड बनाएकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);