निर्माणाधिन ९६ वटा पुल अलपत्र : ठेकेदारकाे खाेजी हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

निर्माणाधिन ९६ वटा पुल अलपत्र : ठेकेदारकाे खाेजी हुँदै

काठमाडौं, २१ माघ । सडक निर्माण होस या पूल निर्माण जुनसुकै ठाउँमा समयमै काम सम्पन्न नहुने समस्या छ । विशेषगरि निर्माण कम्पनीको चरम लापर्वाहीले समयमै आयोजना पुरा भएका छैनन् ।

सरकारी तथ्यांक अनुसार हाल देशभर २ हजार ९१ पुलका आयोजना छन् । भौतिक तथा पूर्वाधार मन्त्रालयका अनुसार ९६ वटा पुलका आयोजना अधुरा छन् । विगतमा अस्थिर राजनीतिका कारण अधिकांश आयोजना अलपत्र थिए ।

कुल पुल आयोजना मध्ये २सय ४३ पूल संघीय सरकारपछि निर्माण पुरा भएका हुन् । ती आयोजना मध्ये ९६ पुल आयोजना निर्माण कम्पनीले अलपत्र पारेका छन् । ३७ पुल आयोजना सरकारी प्रकृया र झन्झटले अधुरा रहेका हुन् ।

कुल पुल आयोजना मध्ये ५१ ओटा सरकारको काबु भन्दा बाहिर पुगेका छन् । निर्माण पुरा भएका पुलको अवस्था पनि दयनीय छ । गुणस्तरका कारण संचालनमा आउन नसकेको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काको प्रतिक्रृया छ ।

निर्माणाधिन पुलको संख्यालाई हेर्दापनि समयमा काम सम्पन्न हुन नसक्नुका कारण निर्माण कम्पनी मात्र जिम्मेवारी पाइएको छैन । मुलतः नीति र पद्दतीमा सुधार ल्याउन नसक्दा सम्म विकास पूर्वाधारका आयोजनाहरुमा यस्तै समस्या बल्झिरहने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);