डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु

california boat fire

एजेन्सी,  १७ भदौ । अमेरिकाको दक्षिण क्यालिफोर्निया स्थित सान्टाक्रुज द्वीपमा डुङ्गामा एक्कासि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना व्यक्ति बेपत्ता भएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सो डुङ्गामा ३९ जना व्यक्ति सवार रहेका जनाइएको छ । दुर्घटनाबाट पाँचजनालाई भने जीवितै उद्धार गरिएको छ । डुङ्गामा सोमवार राती आगलागी भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);