काठमाडाैं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो ।
संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र अन्य कुनै महत्वपूर्ण बिजनेश नभएका कारण सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै सिफारिसका लागि राष्ट्रपतिकोमा पठाएको हो ।
माघ ४ गतेखि सुरु भएको राष्ट्रिय सभाकको चालु अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएको छ । यसैगरी सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । संसद् सचिवालयका अनुसार नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधि सभा र नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य सम्मिलित दुवै सभाको बैठक अबअर्को अधिवेशनमा सँगै बस्ने छ ।





