सरकारले प्रतिनिधि सभालाई खेलौना बनायो : उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

सरकारले प्रतिनिधि सभालाई खेलौना बनायो : उपेन्द्र यादव

काठमाडौं । सरकारले प्रतिनिधि सभालाई खेलौना बनाएको जसपा नेता उपेन्द्र यादवले आरोप लगाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।

हिउँदे अधिवेशन अन्त्यबारे प्रतिक्रिया दिँदै यादवले भने– ‘प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई खेलौना बनाउनुभयो, जतिबेला जे गरे पनि हुन्छ भन्ने व्यवहार देखाउनुभयो ।’ थुप्रै विधेयक प्रतिनिधि सभामा अड्किरहेका बेला अधिवेशन नै अन्त्य गर्नु मनोमानी भएको यादवको भनाई छ ।

‘हाम्रा मुद्दाहरु राख्ने ठाउँ हो सदन, उहाँले अधिवेशन सकिएको घोषणा गर्नु भएछ, बहस गर्ने थलो सधैं खुला रहनुपर्छ’–यादवले भने । प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच दुरी बढीरहेको हल्ला चलेको बताउँदै यादवले भने : ‘उहाँहरुबीचको आन्तरिक झगडाका कारण अधिवेशन अन्त्य गरिएको हो भने यो अन्त्यन्तै दुःखद हो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);