काठमाडौं, ८ माघ । कीर्गिस्तानलाई अतिरिक्त समयमा हराउँदै युएई एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा युएईले कीर्गिस्तानलाई तीन दुई गोलले हराएको हो । आबुधावीको सेख जायद स्पोर्टस सिटीमा भएको खेलमा निर्धारीत ९० मिनेट दुई÷दुई गोलको बराबरीमा सकिएको थियो । तर अन्तिममा कीर्गिस्तानका खेलाडीले गरेको फल युएईलाई अन्तिम आठमा पुग्न सहज बनेको थियो । खेलका १४ औं मिनेटमा खामिस इस्माइलको गोलमा युइईले अग्रता बनाएको थियो । २६ औं मिनेटमा मुरजेभले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याएका थिए ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा अली हमद मखाओतले फेरी युएईलाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयको पहिलो मिनेटमा रुस्तामोभले कीर्गिस्तानलाई फेरी बराबरीमा पुर्याएका थिए । त्यसपछि अतिरीक्त समयमा धकेलिएको खेलको एक सय तीन मिनेटमा युएईले पेनाल्टी मार्फत गोल गरेको थियो ।