काठमाडौँ, ६ भदौ । नवनियुक्त १५ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ जना राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । जसमा काँग्रेसका १२ र लोकतान्त्रिक फोरमका तीन जना छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा उनीहरुले सपथ खाएका हुन् ।
यी हुन् आज पद तथा गोपनियताको शपथ खाएका राज्यमन्त्रीहरु :
१. सीता गुरुङ – भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री,
२. सरिता प्रसाईं – कृषि विकास राज्यमन्त्री,
३. शेषनाथ अधिकारी – शिक्षा राज्यमन्त्री,
४. नरबहादुर चन्द – वाणिज्य राज्यमन्त्री,
५. अब्दुल रज्जाकदी – खानेपानी तथा सरसफाइ राज्यमन्त्री,
६. तप्तबहादुर विष्ट- सूचना तथा सञ्चार राज्यमन्त्री,
७. अमरसिंह पुन – सिँचाइ राज्यमन्त्री,
८. दिलमान पाख्रिन – कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री,
९. उदयशम्शेर राणा – अर्थ राज्यमन्त्री,
१०. डिल्लीबहादुर चौधरी – श्रम तथा रोजगार राज्यमन्त्री,
११. तेजुलाल चौधरी – युवा तथा खेलकुद राज्यमन्त्री,
१२. चम्पादेवी खड्का – सहकारी तथा गरिबी निवारण राज्यमन्त्री,
१३. जनकराज चौधरी – संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री,
१४. सुमित्रा थरूनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री,
१५. यशोदाकुमारी लामा – भूमिसुधार तथा व्यवस्था, राज्यमन्त्री