काठमाडौ ।
गायिका नीतु पौडेलको निधन भएको छ । आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको शुक्रबार बिहान उपचारको क्रममाकीर्तिपुस्थित बर्न अस्पतालमा निधन भएको हो ।
पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । उनलाई तत्कालै उद्धार गरी अस्पताल लगिएको थियो ।
गायिका पौडेल र संगीतकार बाबुल गिरी धनबहादुर झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेलले बाबुल विरुद्ध आत्महत्या दुरूत्साहनको जाहेरी प्रहरी वृत्त सिंहदरबारमा दिएका छन् ।मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।




