रविले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक व्यक्तिले गरे आत्मदाह प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रविले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक व्यक्तिले गरे आत्मदाह प्रयास

काठमाडौं । जुम्लामा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका हुन् ।

शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका उनलाई प्रहरीले तत्काल निणन्त्रणमा लिएको थियो । त्यसक्रममा उनले ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भनेका थिए । ‘आज सम्ममा कति डाक्टरहरु आए । भएका डाक्टरहरु सबलाई भगाए । कोहिलाई पनि टिक्न दिदैनन् । यो देशमा मलाई बाँच्नै मन लागेन,’ उनले भने ।

४० वर्षीयका कार्की १५ वर्षदेखि अस्पतालमा एम्बुलेन्स ड्राइभरको रुपमा काम गर्दै आएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);