भ्रष्ट्राचारमा नेपाल ११० औँ स्थानमा, जहाँ अधिकार दियो त्यही अनियमितता ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

भ्रष्ट्राचारमा नेपाल ११० औँ स्थानमा, जहाँ अधिकार दियो त्यही अनियमितता ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, माघ १९ ।  नेपाल भ्रष्टाचार बढी हुने मुलुकमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२२ को भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा नेपाल ३४ अंकका साथ ११० औं स्थानमा परेको छ । यो गत वर्षको तुलनामा एक अंक बढी हो । तर, नेपाल दक्षिण एशियाली मुलुकहरुमध्ये पाकिस्तान, बंगलादेश र अफगानिस्तानभन्दा मात्र माथि छ ।

नेपालमा नीतिगत भ्रष्टाचार सबैभन्दा डरलाग्दो बन्दै गएको छ । यसले ठूलो परिणाममा आर्थिक अनियमितता गर्न खोज्नेलाई सहज बनाइदिएको छ । अर्कोतर्फ विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दामा कसुर स्थापितको प्रतिशत गत आर्थिक वर्षमा ह्वात्तै घटेर ३८.५१ प्रतिशतमा झरेको छ । यसले पनि भ्रष्टाचार गर्नेहरुलाई उत्साही बनाइदिएको छ । जहाँ बढी अधिकार प्रदान ग¥यो उहीं बढी भ्रष्टाचारको स्थिति बन्दै गएको छ । यसको उदाहरण हो स्थानीय सरकार जसलाई अधिकारसम्पन्न बनाउँदा बढी भ्रष्टाचार भइरहेको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो रिपोर्टमा सबैभन्दा बढी उजूरी स्थानीय तहमा ३३.१४ प्रतिशत देखिन्छ । त्यसपछि शिक्षा, भूमि प्रशासन, वन, स्वास्थ्य, भौतिक पूर्वाधार, गृह प्रशासनमा बढी उजूरी देखिन्छ ।

उजूरी मात्र भ्रष्टाचार बढी हुने आधार नहुन सक्छ । सरकारी पद धारण गरेकाहरुले भ्रष्टाचारमा आफै सामेल हुने र नियमनकारी निकाय फितलो हुने पनि समस्या हो ।

पछिल्लो समय प्राविधिक क्षेत्रमा भ्रष्टाचार बढ्दो छ । आइटी र विद्युतका क्षेत्रमा भ्रष्टाचार पत्ता लगाउनै नसकिने गरी भइरहेको देखिन्छ । यस्ता क्षेत्रमा सर्वसाधारणको ज्ञान अभावले पनि उजूरी कम पर्न सक्छ । बढी आर्थिक गतिविधिहरु हुने क्षेत्रमा बढी भ्रष्टाचार देखिन्छ । बागमती प्रदेशमा सबैभन्दा बढी र त्यसपछि मधेश प्रदेशमा उजुरी परेको तथ्यांक छ । झुटो शैक्षिक योग्यता देखि जन्ममिति सच्याउनेसम्मका भ्रष्टाचारजन्य गतिविधि शिक्षक र कर्मचारीहरुमा अझै देखिएको छ । सार्वजनिक सम्पत्तिको क्षति पु¥याउने देखि पुरातात्विक क्षेत्र मासेर व्यक्तिगत लाभ लिने समूह पनि हावी छ । त्यस क्षेत्रमा भने भ्रष्टाचार नियन्त्रणको निकायको अझै पनि कमै ध्यान गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);