ओखलढुंगामा  एक महिलाद्धारा डिजेल खन्याएर आत्मदाह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओखलढुंगामा  एक महिलाद्धारा डिजेल खन्याएर आत्मदाह

ओखलढुंगा । सिद्धिचरण नगरपालिका-७ कि एक महिलाले शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी छन् । ४० बर्षीया मिना कुमारी श्रेष्ठले शरीरमा डिजेल खन्याएपछि आगो लगाएर आत्महत्या गरेकी हुन् ।

सोमबार बिहान घरदेखि करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  ती महिलाले घरमा भएको प्रज्वलनशील पदार्थ डिजेल शरीरमा खन्याएपछि आगो लगाएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।  

महिलाले आत्महत्या गरेको ठाउँमा डिजेल प्रयोग गरिएका बोतल र सानो झोला फेला परेको छ । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ । ती महिला केही समयअघि कोरोना संक्रमित भएर निको भएकी थिइन् । उनका नाबालक दुई छोरी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);