माईतीघरमा एक युवकद्वारा आत्मदाहको प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

माईतीघरमा एक युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौं । नागरिकताको माग गर्दै काठमाडौंको माईतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

मंगलवार काठमाडौंको माईतीघर मण्डलामा नागरिकताको माग गर्दै आत्मदाहको प्रयास गरेका हुन् । जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागकिरता विधेयकमाथि सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको थियो ।

सोही क्रममा एक युवकले मंगलवार आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । उनी नागरिकताविहीन संघर्ष समितिका सदस्यसमेत हुन् । आत्मदाहको प्रयासपछि माईतीघर मण्डालमा सर्वोच्च अदालत र सरकारको बिरोध भएको छ । उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन् ।

आफूमाथि पेट्रोल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);