एजेन्सी, १७ साउन । पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग कपको उपाधि उचालेको छ । शुक्रबार राति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि उचालेको हो ।
अन्तिम पटक आयोजित लिग कपको फाईनल खेल गोल रहित बराबरीमा सकिएको थियो । सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए । पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाए । खेलको अतिरिक्त समयमा लियोनले राम्रो खेल प्रर्दशन गरेको थियो ।
खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खादै मैदान बाहिरिएका थिए । पीएसजीले यसअघि नै सुपर कप, फ्रेन्च कप र लिग वानको उपाधि उचालिसकेको छ ।