कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र एमसिसी पारित हुन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र एमसिसी पारित हुन्छ : प्रचण्ड

prachanda-sindhupalchowk

सिन्धुपाल्चोक, १७ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कार्यदलको सुझाव अनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीपारित हुने बताउनुभएको छ ।

शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी ५५ अर्ब रुपैयाँका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताउनुभयो ।

अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने बताउनुभयो । संविधान संशोधन नहुने बताउँदै दाहालले पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतमनै राष्ट्रियसभा सदस्यमा मनोनित हुने  दोहोर्याउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);