एमसीसी परिमार्जन सहित संसदबाट पारित हुन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमसीसी परिमार्जन सहित संसदबाट पारित हुन्छ : प्रचण्ड

prachanda-mcc

नवलपरासी, १० फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परिमार्जन सहित संसदबाट पारित हुने बताउनु भएको छ । शनिबार नवलपरासीमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले राष्ट्रिय हितमा हुने गरी परिमार्जन गरेर एमसीसी पारित गरिने बताउनु भएको हो ।

एमसीसीबाट तर्सिन पर्ने वा ठाडै अस्वीकार गर्नपर्ने अवस्था नरहेको दाहालले उल्लेख गर्नुभयो । दीर्घकालीन रुपमा नेपाललाई हानी नहुने गरी एमसीसी पारित गर्न नेकपाले अध्ययन कार्यदल बनाएको भन्दै उहाँले कार्यदलको सुझाव अनुसार परिमार्जन गरेर एमसीसी पारित हुने बताउनु भयो ।

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालय भवन उद्घाटन गर्न पुग्नु भएका अध्यक्ष दाहालले एमसीसी नेपालमा आउने सहमति भएपछि सबै दल र नागरिक समाजका प्रतिनिधि उत्साहित भएको बताए । एमसीसी लागू गर्दा पुरै नेपालको हितमा छ कि छैन भन्नेमा आफूहरु चनाखो रहेको दाहालको भनाइ थियो ।

कार्यदलको प्रतिवेदन अर्का अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले अध्ययन गरेर चाँडो राष्ट्रहितमा हुनेगरी सहमति गर्ने प्रक्रिया अगाडि बढाइने दाहालले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);