नेकपाभित्र विवाद चुलिदै, सचिवालय निर्णय नमान्ने ओलीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाभित्र विवाद चुलिदै, सचिवालय निर्णय नमान्ने ओलीको चेतावनी

nekapa sachibalaya latest

काठमाडौं १६ फागुन । सत्तारुढ नेकपाको सचिवालयले पार्टी उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ । तर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले यो निर्णयको अवज्ञा गर्दै आउनु भएको छ । अहिले सचिवालयको निर्णयलाई लिएर पार्टी भित्र विवाद चुलिदै गएको छ ।

ओलीले डा. युवराज खतिवडालाई नै दोह-याउने पक्षमा हुनुुहुन्छ । तर यो निर्णयलाई अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाडै अस्विकार गर्नुभएको छ ।

राष्ट्रिय सभा सदस्यको विषयमा नेकपा दुई धारमा विभाजित भएको छ । नेकपाको आन्तरिक विवादलाई राजनीतिक विश्लेषकहरुले शक्ति सघर्षको संज्ञा दिएका छन् ।

सचिवालय निर्णयलाई नमान्ने भनेपछि पार्टीभित्र ओलीको आलोचना भईरहेको छ । पार्टीको सचिवालय निर्णयलाई शीर्ष नेताले नमान्दा पार्टीमा अनुसाशन हिनताले प्रश्रय पाउने नेकपा नेताको तर्क छ ।

तत्कालीन एमाले र माओवादी पार्टीबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । तर पछिल्लो समय नेकपामा राष्ट्रिय सभा सदस्यमा कसलाई पठाउने भन्ने विषय निकै पेचिलो बन्दै गएको छ ।

कम्युनिष्ट पार्टीमा विचारको संघर्ष हुनु स्वभाविक मानिएपनि व्यक्ति इगोले नेकपा गिजोलिएको राजनीतिक विश्लेषकहरुको विश्लेषण छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);