नेकपामा नेतृत्वको सार्वजनिक आलोचना गर्न नपाइने नियम लागु होला त ? | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नेकपामा नेतृत्वको सार्वजनिक आलोचना गर्न नपाइने नियम लागु होला त ?

नेकपाको सचिवालय बैठक

सीता शर्मा
काठमाडौं, १० भदौ । नेकपाको गएको बिहिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल बिच भएको भनाभन बाहिरिएपछि यसका विरुद्ध नेता कार्यकर्ताले खुलेरै आलोचना गरे ।

पार्टीका शीर्ष नेताहरु नै त्यसरी एकअर्काप्रति अराजक शैलीमा उत्रिदा पार्टी भित्रको अनुशासन हिनतालाई उजागर गरेको विश्लेषण गरियो । तर सचिवालय सदस्य बिचको गोप्य बैठकमा भएका भनाभन कसले बाहिर निकाल्यो भन्नेमा भने नेतुत्व लागेन । तर उल्टै पार्टी शीर्ष नेताको विरोध, आलोचना र टिकाटिप्पणी गर्न नपाइने निर्णय गरियो ।

पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विरोध, टिकाटिप्पणी र आलोचना गर्न रोक लगाउने निर्णय गरेको नेकपामा शीर्ष तहमा भने यो निर्णय लागु हुन्छ वा हुन्न भन्ने स्वयम नेकपा नेता तथा कार्यकर्ता विश्वस्त हुन सकेका छैनन् ।

शीर्ष तहका नेताहरुमा अहिले कै आचरण रहने तर अन्य नेता कार्यकर्तामाथि भने अनुशासनको नियम व्यवहारीक नहुने कतिपयको बुझाई छ । समग्रमा सचिवालयको निर्णय सकारात्मक भनिएको छ ।

तर यो निर्णय सबैभन्दा पहिले बिहिबारको सचिवालय बैठकमा भएको छलफल बाहिर ल्याउने व्यक्तिबाट लागु गर्नुपर्ने नेकपा केन्द्रिय सदस्य रामकुमारी झाँक्रिको माग छ ।

आफु सच्चिने भन्दा पनि तल्लो तहका नेता कार्यकर्ता माथि लगाम लगाउन थालेको नेकपा नेतृत्वले आफ्नो आलोचना सुन्न चाहेका छैनन् । पार्टीलाई विधि र विधान अनुरुप चलाउन भन्दै अहिले अनुशासनको कारबाहि गर्ने नेकपाको निर्णयलाई धेरै जसो नेता कार्यकर्ताले स्वागत त गरेका छन् तर यो निर्णयको कार्यान्वयन गर्ने जिम्मेवारी शीर्ष नेताहरु रहेको स्थायी कमिटि सदस्य अग्नी सापकोटाको भनाई छ ।

पछिल्लो समय नेकपाको स्थायी कमिटी र केन्द्रिय कमिटीको बैठक बस्न नसक्दा पार्टीका विभिन्न गतिविधीबाट असन्तुष्ट नेता कार्यकर्ताहरु सार्वजनीक रुपमा नै पार्टी नेतृत्वको आलोचनामा उत्रीएका छन् ।

जसबाट बच्न शीर्ष नेताहरु अनुशासनको कारबाहिलाई अगाडी सारेको देखिएको छ । कतिपयले यसलाई अभिव्यक्ति स्वतन्त्रको हनन समेत भनेका छन् । त्यसैले पार्टीलाई अनुशासनमा राख्न शिर्ष नेताहरुको आचरणमा नै परिवर्तनको आवश्यकता देखिएको हुनाले तल्लो तहका नेता कार्यकर्ताको मुख थुनेर समस्या समाधान हुने देखिदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);