उपनिर्वाचनका लागि निर्वाचन आयोगले थाल्यो तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपनिर्वाचनका लागि निर्वाचन आयोगले थाल्यो तयारी

nirbachan aayog

प्रमिला भण्डारी
काठमाडौं, १० भदौ । निर्वाचन आयोगले उपनिर्वाचनको लागी कार्यतालीका बनाएर कार्य अघि बढाएको छ । साउन १६ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम भएका ७७ वटै जिल्लाका नेपाली नागरिकले उपनिर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

उपनिर्वाचनको पहिलो चरणको कार्य मतदाता नामावली भएकोले अहिले उक्त कार्य भईरहेको आयोगकको भनाई छ । त्यस पछि मतदानका लागी आवश्यक सामाग्रीहरुको तयार गरिने र राजनीतिक दल दर्ताको लागी आयोगले सुचना प्रकाशन गर्ने छ ।

मतदाताहरुको विवरण केन्द्रमा आईसकेकोले दोहोरीएको नाम सच्याउने, नमिलेका कुराहरु हेर्ने लगायतका प्रशोधनको काम गर्नु पर्ने भएकोले भाद्र तेस्रो हप्ता भित्रमा नामावली तयार हुनेछ ।

कुल ५१ पदको लागी हुन लागेको उपनिर्वाचनमा वडा अध्यक्ष ४२ जना, प्रतिनिधि सभा सदस्य १ जना, प्रदेश सभा सदस्य ३ जना, नगरपालीका प्रमुख १ जना, गाउँपालीका प्रमुख ३ जना र गाउँपालीका उपप्रमुख १ जनाको लागी उपनिर्वाचन हुने छ । यसका लागी आयोगले कार्यविधि बनाएर अर्थमन्त्रालय समक्ष ४० करोड रकम माग गरेको छ ।

मतदाता नामावलीलाई सम्बन्धित निर्वाचन क्षेत्रमा दाबी विरोधका लागि पनि आयोगले पठाउने बताईएको छ । यसका साथै निर्वाचनका कार्यक्रम प्रकाशन गर्ने, निर्वाचन अधिकृतको कार्यालयहरू खोल्ने जस्ता काम पनि आयोगले गर्नेछ ।

२०७४ सालमा भएको स्थानीय तह, प्रदेश र संघीय चुनावमा निर्वाचित जनप्रतिनिधिको पद समयावधि नसकिँदै कुनै कारणले रिक्त भएको खण्डमा उपनिर्वाचन गर्नु पर्ने अवस्था आउने आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);