उपनिर्वाचनको लागि दल दर्ताको प्रक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपनिर्वाचनको लागि दल दर्ताको प्रक्रिया सुरु

nirbachan aayog

प्रमिला भण्डारी
काठमाडौं, २६ भदौ । आगामी मसिंर १४ गते हुने उपनिर्वाचनको लागि दल दर्ता प्रक्रिया शुरु भएको छ । सत्तारुढ दल नेकपाले बिहीबार दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । दल दर्ताको लागि भदौ मसान्तसम्म समय दिइएको छ ।

२०७४ सालमा सम्पन्न निर्वाचनपछि जनप्रतिनिधिको मृत्यु, राजीनामा वा जिल्ला समन्वय समितिमा गएका कारण तीनै तहमा ५१ पद रिक्त रहेका छन् । रिक्त पदमा एक वर्ष भन्दा कम वा कतिपय पदहरुमा ६ महिना भन्दा कम समय रिक्त रहेको अवस्थामा उपनिर्वाचन नहुने व्यवस्था छ । तर यी ५१ पद लामो समय रिक्त रहेकोले उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।

उपनिर्वाचनको तयारी अन्तर्गत अहिले निर्वाचन हुने स्थानहरुको मतदाता नामावलीको विवरणलाई दावीविरोधको लागी उपनिर्वाचन हुने स्थानमा पठाउने, राजनितिक दल दर्ताको काम तथा आन्तरीक कामहरु भईरहेको आयोगले जनाएको छ । उपनिवार्चनका लागि आयोगले दल दर्ता गर्न भदौ मसान्तसम्मको समय दिएको छ । त्यस्तै असोज १ बाट १० गते सम्म दावीविरोधको काम हुने आयोगले जनाएको छ ।

उक्त पद पूर्तिका लागि हुन लागेको उपनिर्वाचनमा ३९ करोड खर्च हुने अनुमान गरिएको छ । हाल अर्थमन्त्रालयबाट २५ करोड निकासा भएको छ । उपनिर्वाचनका लागि २ सय ५० मतदान स्थल र ५ सय ५० मतदान केन्द्र रहने आयोगले जनाएको छ । उपनिर्वाचनमा ५ लाख भन्दा बढी मतदाता सहभागी हुने आयोगको अनुमान छ । तर मतदाताको संख्या भने असोज मसान्त सम्ममा मात्र यकिन हुने आयोगले जनाएको छ ।

त्यस्तै ६ हजारभन्दा बढी कर्मचारी निर्वाचनकालागी आवश्यक पर्ने छ । उपनिर्वाचनकोलागी आवश्यक पर्ने सामाग्रीहरु, जनशक्ति व्यवस्थापन, तालीम, मतपत्र तथा केन्द्र छनौट गर्ने जस्ता कामहरु बाँकि रहेको आयोगले जनाएको छ ।

कुल ५१ पदको लागी हुन लागेको उपनिर्वाचनमा वडा अध्यक्ष ४२ जना, प्रतिनिधि सभा सदस्य १ जना, प्रदेश सभा सदस्य ३ जना, नगरपालीका प्रमुख १ जना, गाउँपालीका प्रमुख ३ जना र गाउँपालीका उपप्रमुख १ जनाको लागी उपनिर्वाचन हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);