नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी र अन्य मित्रराष्ट्रसंग व्यवहार गर्छ : मन्त्री बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी र अन्य मित्रराष्ट्रसंग व्यवहार गर्छ : मन्त्री बास्कोटा

gokulprasad-baskota

काठमाडौं, २६ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आपसी हितका बारेमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसंग व्यवहार गर्ने स्पष्ट पार्नुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न विहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसंग व्यवहार गर्ने बताउनुभएको हो ।

इण्डोप्यासेफिकका सम्बन्धमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्ति र त्यसमा अमेरिकी सरकारले नेपाल सरकारको धारणा मागेको सन्र्दभमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नेपाल सरकारको पुर्ववत मान्यतामा कुनै पनि परिर्वतन वा विचलन नआएको स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो “इण्डोप्यासेफिकका बारेमा वा बिआईआरका सम्बन्धमा, स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी राष्ट्र र अन्य मित्रराष्ट्रहरुसंग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौ र गर्दै आएका छौ । पुर्ववत मान्यतामा कुनै पनि विचलन आएको छैन र परिर्वतन आएको छैन ।”

उहाँले डेंगु संक्रमण नियन्त्रण बाहिर नभएको नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको स्पष्ट पार्नुभयो । बैशाख देखि देखिएको डेंगु संक्रमण नियन्त्रणका लागि सरकारी तथा गैह्सरकारी, सर्वसाधारण लगायत सबै क्षेत्रबाट पहल हुँदै गरेको भन्दै उहाँले डेंगु नियन्त्रण बाहिर नगएको तर धेरै दुख भने दिएकोप्रति सरकार सचेत रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले विश्वभर ३९/४० करोड मानिस डेंगु प्रभावित बनेको तथा ३ अर्ब मानिसहरु संक्रमणको जोखिममा रहेको देखाएको उल्लेख गर्दै उहाँले यसको नियन्त्रण सरकारको एक्लो प्रयासले संभव नहुने बताउनुभयो ।

उहाँले फिल्महलमा राष्ट्रियगान बजाउने भन्ने विषय आफ्नै मन्त्रालय मातहतको भएपनि आफुले पनि सुनेको मात्रै प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो “फिल्महलमा राष्ट्रियगान बजाउने कुरा मैले पनि सुनिरहेको छु । मलाई चाहीँ थाहा भएन । हावा नचलि पनि पातहरु हल्लिएको देखेर कुन युग हो भनेर प्रश्न गर्न मन लागेको छ ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);